Sunday, July 11, 2021

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प कारण यस्तो

 आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् ।

आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा युट्युब र त्यसको मातृ कम्पनीका सीईओ सुन्दर पिचाइविरुद्ध कानूनी लडाइँ लड्ने घोषणा गरेका हुन् ।


मा अमेरिकाको संसद भवनमा ट्रम्प समर्थकहरुले हमला गरेको घटनापश्चात् सोसल मिडियाहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । फेसबुकले हालै ट्रम्पमाथिको प्रतिबन्ध २ वर्ष कायम हुने फैसला गरेको छ । त्यस्तै युट्युबले चाहिँ ट्रम्पबाट अब त्यस्तो हिंसा हुँदैन भन्ने कुरामा ढुक्क भएपश्चात् उनीमाथिको प्रतिबन्ध फुकुवा गरिने जनाएको छ ।

थप जानकारीको लागि यो हेर्नुहोस्

ट्रम्पले यसअघि आफ्नो राष्ट्रपतीय कार्यकालमा समेत सोसल मिडिया कम्पनीहरुमाथि कडा नीति अख्तियार गर्ने गरेका थिए । सोसल मिडियाहरु वामपन्थी झुकाव राख्ने र आफ्नो राजनीतिक ब्राण्डको लागि खतरा भएको उनको बुझाइ थियो । गत वर्ष उनले अनलाइन सेन्सरसिपलाई बन्देज लगाउने र प्रविधि कम्पनीहरुको कानूनी दायित्वमा वृद्धि गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।

तर प्रविधि कम्पनीहरुलाई आफूलाई उपयुक्त लाग्ने गरी प्लाटर्फम सञ्चालन गर्न कानूनी रुपमा छुट दिइएको छ र अमेरिकी अदालतले यस सम्बन्धमा विभिन्न उजुरीहरुलाई यसअघि पनि खारेज गरिसकेको छ ।

साथै कतिपय प्रयोगकर्तालाई प्रतिबन्ध लगाउने सोसल मिडिया कम्पनीका निर्णयहरुका विरुद्धमा यसअघि पनि अदालतमा पर्ने विभिन्न खाले मुद्दाहरु पनि खारेज हुने गरेका छन् ।

बुधबार एक पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति ट्रम्पले आफुले सोसल मिडिया कम्पनीहरुको अमेरिका नागरिकहरु माथिको अवैध, लज्जाजनक सेन्सरसिपमाथि तत्कालै बन्देज लगाउने आदेशको माग गर्दै फ्लोरिडास्थित अदालतमा मुद्दा दायर गर्न लागेको जानकारी दिए ।

झण्डै एक घण्टा लामो पत्रकार सम्मेलनमा उनले आफूहरु ठूला प्रविधि कम्पनीहरुलाई उत्तरदायी बनाउन लागिरहेको बताए । सो कार्यक्रमको एक घण्टा नबित्दै ट्रम्पको टिमले उक्त मुद्दाका लागि भन्दै कोष संकलन अभियान शुरु गरेको छ ।

ट्रम्पमाथि प्रतिबन्ध लगाउने फेसबु, ट्वीटर र युट्युबको कदम सेन्सरसीपको नमूना भएको र यसले वाक स्वतन्त्रताको हनन गरेको दाबी उक्त मुद्दामा गरिएको छ ।

Saturday, July 10, 2021

मेसीको अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका ! कसरी जित्यो हेर्नुस्

 कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो,  पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । यो हेर्नुस् 

यस्तो शहर, जहाँ शपिङदेखि रेष्टुरेन्टसम्म नाङ्गै जान्छन् मानिसहरु

संसारमा एउटा यस्तो शहर छ जहाँ मानिसहरु निर्वस्त्र घुम्न सक्दछन् । त्यहाँका मानिसहरु शपिङ मलदेखि रेष्टुरेन्ट र जिमखानासम्मै कपडा नलगाइकन जान्छन् । त्यहाँका बासिन्दा मात्र होइन त्यहाँ आउने पर्यटकहरु पनि निर्वस्त्र जीवनको मज्जा उठाउँछन् । अनौठो लाइफस्टाइलका कारण सदैव चर्चा तथा विवादमा आइरहने शहरको नाम हो केप डी एज । फ्रान्सको यो शहर नग्न शहर अर्थात् न्युड सिटीको नामले पनि चिनिन्छ ।

थप जानकारीको लागि : यहाँ जानुहोस

Friday, April 9, 2021

पदमुक्त भएका ४ मन्त्रीको आजै पुनर्नियुक्ति हुदै

 सांसद पद गुमाएका चार नेताले आज फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।

माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पदबाट पनि पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।



मन्त्रालयले विद्यालय लगायत भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस

 चैत्र-२७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट,  सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ ।



 

 

Thursday, March 25, 2021

Dhurmus-Suntali Foundation team


 Great: Dhurmus-Suntali Foundation team is continuously working day and night with the aim of preparing playing ground of Gautam Buddha Int'l Cricket Stadium & the first phase parafit capacity of 3,000  audience by the end of Chaitra. ❤️ #GoodWishes


Pic. Suresh Timalsina

Wednesday, March 24, 2021

PM KP Oli looking at self picture


 PM KP Oli looking at his own painting handed over by Mero Canvas Team.  Oli and youths from the team also discussed about uplifting Nepali Art Scene. 

 

Art By: @merocanvass